जनकपुरधाम : नेपाल पत्रकार महासंघ धनुषा शाखाले जनकपुरधाममा प्रभातफेरी गरि विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ ।

 

मंगलबार बिहान महासंघको भवन सुकरबारीबजार स्थितबाट महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झाको नेतृत्वमा निस्केको प्रभातफेरी रामचोक, जनकचोक हुँदै जानकी मन्दिर प्रांगणमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभा समापन गर्दै अध्यक्ष झाले अहिले चुनावको बेला भएकाले आचारसंहिताको पूर्ण पालना गरी मर्यादित पत्रकारित गर्न जोड दिइन् ।

आचारसंहिता विपरीत कुनै पनि दल तथा उम्मेदवारको प्रचारप्रसार गर्ने पत्रकारलाई महासंघले कारबाही गर्ने चेतावनी दिइन् ।

चुनावमा उम्मेदवार बनेका पत्रकारहरुले आग्रह गर्दा पनि स्वेच्छापूर्वक महासंघको सदस्यबाट राजिनामा नदिएकाले तिनीहरुको सदस्या खारेजी गर्ने उनको भनाइ छ ।

प्रभातफेरीमा महासंघ धनुषा शाखाधका निवर्तमान अध्यक्ष अनिल मिश्र लगायत धनुषाका पत्रकारको सहभागिता रहेको थियो ।