जनकपुरधाम। बैशाख २५ : 

यही बैशाख ३० गते हुन गैरहेको स्थानीय तहको निर्वाचनमा धनुषाको लक्ष्मिनीयाँ गाउँपालिकामा जसपा नेपाल बाट अध्यक्ष पदका उम्मेदवार डा. शत्रुधन यादवले औधोगिक वयवस्थामा जोड दिने प्रतिबद्धता जनाएका छन।औद्योगिक विकास र पालिका भित्रै रोजगारी सृजना गरिने- उम्मेदवार यादबको प्रतिबद्धता

शुक्रवार घरदैलोमा पुगेका यादबले गाउँपालिकामै विभिन्न रोजगारी सिर्जना गर्ने अटुट प्रतिबद्धता जनाएका छन।

उनले सीपमूलक तालिम दिएर रोजगारी सिर्जना गर्ने बताउँदै शिक्षा, स्वास्थ्य, कृषि, औद्योगिक रोजगारी लगायत सबै क्षेत्रमा विकास गर्ने प्रतिवद्धतासमेत जनता समक्ष व्यक्त गरे।

यादवले आफू जिते गाउँपालिकालाई नमुना गाउँपालिकाको रुपमा स्थापित गर्ने छु भन्दै , पालिका मै ‘ शिक्षा र सुलभ स्वास्थ्य उपचार सबैका’ अभियान, लगयात विभिन्न विकास मुलक एजेन्डा समेत जनाए।