जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाका मेयर पदका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) का लालकिशोर साहले घरदौलो कार्यक्रमलाई तीव्रता बनाएको छ ।
सोमबार उपमहानगरपालिकाको – १६ का वडाध्यक्षको उम्मेदवार तुलसी पञ्जियारले जसपा कार्यकर्ताहरु शक्ति प्रदर्शन गरेका थिए ।
आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा उनलाई जसपाले मेयर पदमा टिकट दिएको
छ । वडा १६ को घर–घरमा उनी पुगि उनी छाता छापमा मत हाल्न आग्रह गर्दै हिडेका छन् ।
साह घरदैलोको क्रममा जनताले झन उत्साह थपेको छ । जनताको अपेक्षालाई आत्मसाथ गरी काम गर्छु । मेरो लागि जनता नै ठूलो हो ।’
पछिल्लो समय प्रविधिको विकाससँगै गाउँगाउँमा नागरिकहरुको चेतना स्तरमा वृद्धि भएको छ । जसका कारण नागरिकहरुले मत कसलाई दिने भन्ने कुरा छुट्याउन सक्छन् ।
अझ प्राविधिक शिक्षाको केन्द्रको रूपमा विकास गर्ने मेरो पहिलो प्राथमिकता छ, साह भन्छन्, म आफ्नो अनुभव नगरको विकासमा लगाउने छु ।
Discussion about this post