जनकपुरधाम । मधेस सरकारले माता जानकीको जन्मोत्सव अर्थात जानकी नवमीको अवसरमा आज सार्वजनिक विदा दिएको छ ।

मुख्यमन्त्री मो. लालबाबु राउतले विज्ञप्ती मार्फत आज प्रदेशमा सार्वजनिक विदा दिएको जानकारी गराएका हुन् ।

जानकी नवमीको अवसरमा उनले नेपाली दाजुभाई दिदीवहिनीहरूमा सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

जानकी नवमीले धार्मिक आस्थाका साथै जनकपुरधाम र प्रदेशको गरिमालाई समेत विश्व स्तरमा स्थापित गर्ने भएको हुँदा यस पर्वको गरिमाको संरक्षण, सम्बर्द्धन र प्रचार प्रसारमा प्रदेश सरकार हरसम्भव प्रतिबद्ध रहदै आएको मुख्यमन्त्री राउतले उल्लेख गरेका छन् ।