जनकपुरधाम : जगत जननी माता जानकी ज्युको अवतरण दिवस जानकी नवमी को अवसरमा देवभूमि जनकपुरधामको जानकी मन्दिर मा विशेष महाजानकी आरती गरिएको छ।

संस्कृति संरक्षण अभियन्ता प्रदेश सांसद रामअशिष यादवले गंगा आरती को पुजारी को साथमा माता जानकी ज्युको पुजन गरि महाजानकी आरती को शुभारम्भ गरिएको थियो।

माता जानकी ज्युको प्राकट्य भएको दिन जानकी नवमी को अवसरमा संस्कृति संरक्षणको सन्देश दिदै संस्कृति संरक्षण अभियन्ता प्रदेश सांसद रामअशिष यादवको परिकल्पनाले विश्व को सम्पुर्ण हिन्दूहरूको महाआस्थाको केन्द्र जानकी मन्दिरमा गंगा आरती को पुजारी द्वारा महजानकी आरती को आयोजन गरिएको छ।

सेभ हिस्टोरिकल जनकपुरधाम र विश्व हिन्दु परिषद नेपाल को संयुक्त आयोजनामा भएको दिव्य आरती दर्शन गर्न श्रध्दालुभक्तजनहरुको ठूलो भीड लागेको थियो।

सो दिव्य जानकी आरती मा सेभ हिस्टोरिकल जनकपुरधाम, महगंगा आरती का संस्थापक प्रदेश रामअशिष यादव, अध्यक्ष अधिवक्ता राजकुमार महासेठ, कोषाध्यक्ष युवा समाजसेवी रवि गोयन्का मधेश प्रदेश का सचिव गजेन्द्र ठाकुर, वृक्ष मानव सुरेश शर्मा, जनकपुरधाम उधोग वाणिज्य संघ का उपाध्यक्ष अम्भु प्रसाद साह, विश्व हिन्दु परिषद नेपाल का अध्यक्ष ई संतोष कुमार साह, योगगुरु मनोहर साह,अभियन्ता हरु अर्जुन कुमार कुशवाहा, जगदीश साह,बजरंग यादव, अजय महतो, उमेश साह,मोनु गुप्ता, राम दास, विरेन्द्र कुमार साह, बैधनाथ भण्डारी, दीपक साह सहित को सहभागिता रहेका छन्।