काठमाडौं

रामेछाप : रामेछापको उमाकुण्ड गाउँपालिका(३ मा कांग्रेसबाट वडाध्यक्षका उमेदवार बनेका रमेश सुनुवारमाथि खुकुरी प्रहार भएको छ। उनीमाथि बुधबार राति खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ।

नेपाली कांग्रेसको तर्फबाट उमेदवार बनेका सुनुवारलाई कुँबुकास्थलीमा नेकपा एमाले र राप्रपाका कार्यकर्ताले खुकुरी प्रहार गरेका हुन्।

खुकुरी प्रहारबाट सुनुवार गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि बाम्ति अस्पताल लगिएको प्रहरीले जनाएको छ।

मौन अवधिमा सुनुवार बसिरहेको ठाउँ पछाडिबाट आएर खुकुरी प्रहार गरेको रामेछाप कांग्रेसको आरोप छ।

पबित्र सुनुवार नेतृत्वको समूहले सुनुवारमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले सुनुवारसहित केही कार्यकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ।