काठमाडौँ : सर्लाहीको बलरा नगरपालिकामा एक मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मतदातालाई चुनाव चिह्न नै देखाएर मतदान गर्न सिकाएपछि उनलाई नियन्त्रणमा लिइएको हो।

वडा नम्बर ३ स्थित गाविस भवन मतदान केन्द्रका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

सर्लाहीका एसपी प्रवीण पोखरेलले मत दुरूपयोग गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको जानकारी दिए।

अहिले उक्त स्थानमा मतदान स्थगित छ।