वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जसपाका राजेशमान सिंहले अग्रता कायम गरेका छन् । सिंहले १,८१० मतका साथ अग्रता कायम गरेका हुन् ।

उनका निकट प्रतिद्वन्द्धी नेकपा (एमाले)का विजय सरावगीले ७४६ मत ल्याएका छन्, भने राप्रपाका गिरिश गिरीले ४५ मत प्राप्त गरेका छन् ।

त्यस्तै वीरगञ्ज महानगरका उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले १,३३७ मतका साथ अग्रता कायम गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्धी लोसपाका पुरुषोत्तम झाले १८३ मत र राप्रपाकी विना जयसवारले ७२ मत प्राप्त गरेका छन् ।