भरतपुर महानगरपालिकाको मेयरको मत गणनामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको जम्मा २ मतको अग्रता रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार उनले २ हजार ४२५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २ हजार ४२३ मत पाएका छन् ।

दाहाल गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी हुन् भने एमालेले राप्रपासँग तालमेल गरेको छ ।