महोत्तरी, २ जेठ । स्थानीय तहको निर्वाचनको मतगणना परिणाम आइरहँदा मटिहानी नगरपालिकाको मेयर पदमा आफ्नो दबदबा देखाउँदै आएका हरि मण्डल अहिले अचानक हराएका छन् ।

मटिहानी नगरपालिकामा अहिले सूर्य उदाएपछि हरि मण्डल र उनका साईकल हराएका छन् ।

मटिहानी न.पा.को वडा नं.१ मा लोसपा नेपाल निर्वाचित भएसँगै ३ सय ६३ मत पाएर मेयर पदमा अग्रस्थान र दबदबा कायम राख्न सक्षम रहेका हरि मण्डल अहिले सो नगरपालिकाको वडा नं.२ को मतगणना परिणाम आउँदा अचानक हराएका छन् ।

१ नम्बर वडाको परिणाम पश्चात १ नम्बरमा रहेका हरि मण्डल २ नम्बरको परिणाम पश्चात एकैचोटी ३ नम्बरमा झडेका छन् ।

२ नम्बर वडामा आउँदा मटिहानीको मेयरमा सूर्य उदाउँदै नेकपा एमालेका हेमचन्द्र यादव १ नम्बरमा आएका छन् । उनले ८५३ मत प्राप्त गर्दै अग्रस्थान हासिल गरेका छन् भने हरि मण्डल ५१३ मतका साथ ३ नम्बरमा झरेका छन् ।

त्यसैगरी जनता समाजवादी पार्टीका मो.मुजिबुल रहमान ६२२ मतका साथ २ नम्बरमा रहेका छन् ।