काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बोलेन्द्र शाह (बालेन) को अग्रता तीव्र गतिमा अघि बढेको छ ।

बालेनले ७३३९ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापितले ३८६२ मत प्रदान गरेका छन् । यस्तै, पाँच दलीय गबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले ३३५८ मत ल्याएकी छन् ।

स्थापितभन्दा बालेन झण्डै दोब्बर मतले अघि बढिरहँदा सिर्जना भने दुवैलाई पछ्याइरहेका छन् ।

उपमेयरतर्फ एमालेकी उम्मेदवार सुनिता डंगोलको अग्रता कायमै रहेको छ । उनलाई अन्य प्रतिस्पर्धीले टक्कर दिन सकेका छैनन् ।

डंगोलले ६३४६ मत ल्याउँदा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १६९०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की बिनिता मगैयाले १३४५ र विवेकशील साझा पार्टी कृति कंसाकरले ३५ मत ल्याएकी छन् ।