जनकपुरधाम :  धनुषाको लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष पदको मत गणनामा जनता समाजवादी पार्टी नेपाल बाट  उम्मेदवार डा.शत्रुधन यादवको जम्मा ३८  मतको अग्रता रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार उनले ३ हजार ४२०  मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार भोगेन्द्र मिश्र  ३ हजार ३८२  मत पाएका छन् ।