जनकपुरधाम :  धनुषाको लक्ष्मीनियाँ गाउँपालिका अध्यक्ष पदको मत गणनामा नेपाली कांग्रेसका उम्मेदवार भोगेन्द्र मिश्र निर्वाचित भएका छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले ३ हजार ५८२ मत पाउँदा जनता समाजवादी पार्टी नेपालका  उम्मेदवार डा. शत्रुधन यादव  ३ हजार ४६३  मत पाएका छन् ।

धनुषाको लक्ष्मिनिया गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भोगेन्द्र मिश्र विजयी भएका छन ।

मिश्र ३७६५ मत ल्याउदै लक्ष्मिनिया गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का शत्रुधन यादव ३४९७ मत ल्याएका हुन ।

त्यस्तै नेपाली कांग्रेसकी फूलकुमारी यादवनी ३६२८ मत ल्याएर विजयी भएकी हुन ।

उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी बिमला कुमारी यादवले ३४६० मत ल्याइन ।