वीरगंज : वीरगंज महानगरपालिकामा सता गठबन्धनबाट मेयरका उमेद्वार जनता समाजबादी पार्टीका  राजेमान सिंहको अग्रता कायमै रहेको छ ।

अहिले सम्म १६४४७ मत गणना हुदा सिंहले ८१३१ मतका साथ् अगाडी अगाडी हुनुहुन्छ लोसपा र एमालेका गठबन्धनबाट वीरगंज मेयरका उमेद्वार रहनुभएको एमालेका विजय कुमार सरावगी अहिले सम्म ३६२२ मत प्राप्त गरी दोस्रो स्थानमा रहनुभएको छ भने राप्रपाबाट मेयरका उमेद्वार गिरिश गिरीले २७३ मत पाउनुभएको छ ।

हाल सम्म मेयर तर्फ १६४४७ मत गणना हुदा १२१५३ मत सदर भएको छ भने १२९४ वटा मत बदर भएको मुख्य निर्वाचन कार्यालय पर्साले जनाएको छ।

त्यसै गरी वीरगंजका उपमेयरमा सता गठबन्धनबाट नेपाली काङ्ग्रेसका नेता ईम्तियाज आलमले अहिले सम्म ५४२३ मतका साथ् अगाडी रहनुभएको छ भने एमाले र लोसपाका साझा उपमेयरका उमेद्वार पुरुशोतम झाले ९१० मत पाउनुभएको छ । त्यसै गरी राप्रपाबाट विणा जैसवालले ४२० मत पाउनु भएको छ भने उपमेयरकी स्वतन्त्र उमेद्वार रम्भा मिश्राले ५९३ मत पाउनु भएको छ ।

त्यसैगरी उपमेयरको तर्फ पनि १६४४७ मत गणना हुदा ७४७९ मत सदर भएको छ भने ८९६८ मत बदर भएको मुख्य निर्वाचन कार्यालय पर्साले जनाएको छ ।