दोहा । परियार मित्रता समाज कतारको चौथो अधिवेशन सम्पन्न भएको छ ।गत शुक्रबार दोहाको सालिमार रेस्टुरेन्टमा सप्पन्न कार्यक्रममा समाजको अधिवेशनले सालिकराम परियारको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

समितिको उपाध्यक्षमा खोम बहादुर नेपाली, महिला उपाध्यक्ष उषा परियार, सचिवमा सुनिल परियार, सह सचिवमा महेश घेले, कोषाध्यक्षमा चेतन परियार, सहकोषाध्यक्षमा इन्दु सिवा चयन भएका छन् ।

यस्तै, सदस्यमा दीपक परियार र सगुन परियार रहेका छन् । पदाधिकारीहरूलाई निर्वाचन समितिका संयोजक बालकृष्ण भित्रिकोटीले पद तथा गोपनीयताको शपथ गराएका थिए । विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न अधिवेशनमा पञ्चे बाजा आकर्षणको केन्द्र बनेको थियो ।

कार्यक्रममा कतारमा स्थापित विभिन्न जिल्ला प्रदेश तथा सामुदायिक संघ संस्थाका प्रतिनिधि तथा अध्यक्षहरुले शुभकामना मन्तव्य राखेका थिए।

समाजका अध्यक्ष प्रेम बहादुर नेपालीको अध्यक्षता तथा एनआरएनए आइसीसी उपाध्यक्ष नरेन्द्र भाटको प्रमुख आतिथ्यतामा तथा अनिल परियारको सहजीकरणमा कार्यक्रम  सप्पन्न भएको थियो।