महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर  ५ को वडाध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेद्वार  ओमप्रकाश गुप्ता विजयी भएका छन् ।

उनी २१३ मतान्तरले विजयी भएका हुन् । गुप्ताले ७०१ मत प्राप्त गरेका छन् ।

वडाध्यक्ष सहित पुरै प्यानल जनता समाजवादी पार्टीबाट निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय गौशालाले जनाएको छ ।

वडाध्यक्षमा जसपाका प्रतिद्वन्द्धी नेपाली काँग्रेसका धर्मेन्द्र साह कलवारले ४८८ मत पाएका छन् ।