धनुषा जिल्लाको ,जनकपुरधाम उपमहानगरपालिकामा मतगणनाको पाँचो दिन चलिरहेको समय अहिलेसम्म ८ वटा वडाको मात्र मत गणना सम्पन्न भएको छ ।

मतगणनाको पाँचौ दिन आइपुग्दा नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहको अग्रता कायमै रहेको छ । मनोजले ४ हजार ४६६ मत सहित पहिलो स्थानमा कायम रहेका छन् । यस्तै नेकपा एमालेका शिवशंकर साह हिरा ३ हजार २३ मत सहित दोस्रो स्थानमा उक्लेका छन् ।

तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरी रहेका छन् । उनले अहिलेसम्म १ हजार २९९ मत पाएका हुन् । यस्तै स्वतन्त्र उम्मेदवार बलराम महतो १ हजार २२४ मत सहित चौथो स्थानमा रहेका छन् भने सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार लालकिशोर साह १ हजार २११ मत सहित पाँचौ स्थानमा रहेका छन् ।

यस्तै उपमेयर तर्फ सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका किशोरी साह ४ हजार ५९३ मत सहित पहिलो स्थानमा रहेका छन् । दोस्रो नम्बरमा नेकपा एमालेकी रुना झा रहेकी हुन् । उनले ३ हजार २७० मत प्राप्त गरेकी हुन् । यस्तै तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार निर्मल चौधरी १ हजार ४९६ मत ल्याएका हुन् भने लोसपाकी रिता मिश्र १ हजार २७२ मत ल्याएकी हुन् ।