जनकपुरधाम । धनुषाको कमला नगरपालिकाकोमेयर उपमेयरमा  काँग्रेस विजयी भएका  छन् ।

मेयरमा कांग्रेसका उम्मेद्वार  विशेश्वर यादव ३ हजार ८८७ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका पशुपति यादवले २ हजार ८५९ मत ल्याए ।

त्यस्तै  उपमेयरमा कांग्रेसकै शिलादेवी मण्डल ३ हजार ८८७ मतसहित निर्वाचित भएकी छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का सरस्वती सिन्हा कुशवाहाले २ हजार ७६६ मत प्राप्त गरेकी छन् ।