जनकपुरधाम । चार दलको तालमेलले शहिदनगरमा माओवादीलाई हराउने अभियान लगभग सफलतातर्फ गइरहेको देखिएको छ ।

नेकपा माओवादी केन्द्रका उदय कुमार बरबरियालाई हराउनको लागि एमाले, नेपाली काँग्रेस, एकिकृत समाजवादी पार्टीले जसपासँग तालमेल गरेको प्रतिफल सफलता तर्फ अग्रसर भएको देखिएको छ ।

सोही क्रममा शहिदनगर नगरपालिका वडा नम्बर ८ बाट नेकपा माओवादी केन्द्रका तनुकलाल कुसियैत दोस्रो पटक विजयी हाँसिल गरेका छन् । माओवादी केन्द्रको लाल किल्ला मानिने वडा न.८ माओवादीको गढमा पुनः तनुकलाल कुसितैत दोश्रो पटक विजयी हाँसिल गरेका छन् ।

शहिदनगर नगरपालिका अन्तर्गत पुरानो अनुहारलाई परिवर्तन गर्न पनि वडावासीले काँग्रेसका राम रतन पासवानलाई हराउँदै ७६२ मत प्राप्त गरी विजयी भएका हुन् ।

नेपाली काँग्रेसका राम रतन पासवान ७३६ मत प्राप्त गरेका छन् भने जसपाले मात्र १२० मत प्राप्त गरेका छन् ।