जनकपुरधाम : सप्तरीको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी नेपालकाका उमेशप्रसाद यादव निर्वाचित भएका छन् ।

उनले ३ हजार १ सय ६४ मत प्राप्त गरी नेपाली कांग्रेसका उम्मेदवार लिलाम्बर यादवलाई पराजित गरेका हुन् । कांग्रेसका यादवले २ हजार ८ सय ११ मत प्राप्त ल्याए ।

जसपा नेता तथा मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्र साहले मतदान गरेको पालिका हो विष्णुपुर । मन्त्री साहले आफूले मतदान गरेको वडा र पालिका अध्यक्षमा जसपा विजयी भएको फेसबुकमा लेखेका छन् ।

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी रेणुकुमारी यादव निर्वाचित भएकी छन् । उनले ३ हजार ३ सय ६५ मत प्राप्त गरिन् ।

उनकी निकटतम् प्रतिस्पर्धी जसपाकी उषाकुमारी साहले ३ हजार ४६ मत प्राप्त गरेकी छिन् ।