जनकपुरधाम । नेपाली कांग्रेसका पूर्वसभापति विमलेन्द्र निधिको गृहपालिका नगराईन नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार विनयकुमार यादव निर्वाचित भएका छन्।

शुक्रबार बिहान सम्पन्न भएकाे मतगणनाको परिणाम अनुसार नगरपालिकाको मेयरमा कांग्रेसका विनयकुमार यादवले  ५ हजार ५ सय ५६ मत लयाएर  निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबाबु पजियारले ५ हजार ५ सय १४ मत प्राप्त गरे।

 

त्यस्तै  उपमेयरमा नेकपा एमालेकी राधादेवी यादवले ५ हजार ७ सय ३० मत ल्याइ  निर्वाचित भएकी छन्। आफ्नो निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी रञ्जुकुमारी साहले ५ हजार ५ सय २३ मत प्राप्त गरेकी छन्।