जनकपुरधाम। शुक्रबार मधेश प्रदेश सरकारका प्रवक्ता एवं अर्थ मन्त्री शैलेन्द्रपर्सा साहले  ६  जेष्ठमा बसेको मन्त्रिपरिषद्‌ले गरेका निर्णय सार्वजनिक गरेका छन्।

निर्णय सार्वजनिक गर्दै मन्त्री साहले १९ गते दिनको १ः०० बजे प्रदेश सभाको नवौं अधिवेशन आह्वान गर्ने  बताए।

यससँगै सरकारले प्रदेश प्रहरी कार्यावन्यनको लागी सातै प्रदेशको आन्तरीक मामिला मन्त्री हरुको वैठक अषाढको पहिलो हप्तामा जनकपुरमा राख्ने जनाएको छ।

त्यस्तै मुख्यमन्त्री  किसान उत्थान कार्यविधी स्वीकृत जस अन्तर्गत साना किसानले वर्षमा वेंक मार्फत १० हजार पाउने बताएको छ।

 

  ।