जनकपुरधाम : स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा दिपेन्द्र महतो मेयरमा निर्वाचित भएका छन्।

महोत्तरी जिल्लाको गौशाला नगरपालिकाको मेयरमा  महतो निर्वाचित भएका हुन्। जनता समाजवादी पार्टीबाट निर्वाचित महतोले ६ हजार ३ सय २९ मत प्राप्त गरे  भने उनका प्रतिद्वन्द्वी  नेपाली कांग्रेसका वसन्‍तकुमार गुरुङले ४ हजार ५ सय ६९ मत ल्याए।