जनकपुरधाम । धनुषा जिल्लाको  हंसपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रदिप यादव  विजय  भएका छन्। उनका आफ्नो प्रतिस्पर्धीभन्दा १ हजार ५ सय ९४ मत बढी पाएर विजय भएका हुन्।

यादवले ४ हजार ४ सय ९ मत प्राप्त गरे  भने उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका उम्मेदवार सुनिल कुमार यादवले २ हजार ९ सय ११ मत प्राप्त गरे ।

त्यस्तै लोसपा नेपालका उम्मेदवार एवम् निवर्तमान मेयर रामज्ञान मण्डल २ हजार ८ सय २५ मत ल्याएर तेस्रो स्थानमा पुगेका छन्।

त्यस्तै  उपमेयरमा पनि नेपाली कांग्रेसकी उम्मेदवार दुर्गीदेवी मण्डल विजय  भएकी छिन्। उनले ४ हजार ४ सय ५५ मत ल्याएकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका उम्मेदवार दिपिका क्षेत्रीले २ हजार ९सय ३ मत ल्याएर दोस्रो स्थानमा रहेकी थिइन्।

यादव गत निर्वाचनमा तत्कालीन राजपाबाट उम्मेदवारी दिएका निवर्तमान मेयर मण्डलसँग ९१ मतले पराजित भएको थिए।