कलैया : बारा जिल्लाको कलैया उपमहानगरपालिकाका नवनिर्वाचित मेयरलाई समर्थकले तौल बराबरको लड्डुले बधाई दिँदै स्वागत गरेका छन् ।

मेयर विनोद साह र उपमेयरमा रौशन प्रविनलाई समर्थकले उनीहरुकै तौल बराबरको लड्डुले स्वागत गरेका छन्।

चुनाव जितेर विजयी जुलुश वडा न १० मा पुग्दा मेयर उपमेयरसहित वडा नं. १० का वडाध्यक्ष मोहमद सबिरलाई लड्डुमा तौलेर स्थानीयले स्वागत गरेका छन् ।

तीनै जनालाई महमद गजनी ठकुराईले उनीहरुकै तौल बराबरको लड्डुले स्वागत गरेका हुन् । जनप्रतिनिधिलाई काँटामा राखेर उनीहरुकै तौल बराबरको लड्डु दिइएको थियो ।

लड्डु दिने ठकुराईले आफू कुनै पनि दलमा नरहेको भन्दै यी जनप्रतिनिधिले जातपात नहेरी काम गर्ने विश्वासमा लड्डु बाँडेको बताए ।