दुर्गानन्द पासमान,

दोहा । अत्ति बिपन्न् सदाय परिवारलाई सल्हेश एकता मञ्च कतारको सहयोग सिराहा जिल्लाको नरहा गाउँपालिका वाडा नम्बर २ पानवारि मुसहरि टोल बस्ने शिक्षक तथा दलित अधिकारकर्मी श्यामसुन्दर सदालाई आर्थिक सहयोग गरेका छन् ।

त्यही गाउमा रहेका सामुदायीक भवनको छतबाट लडेर दुर्घटना हुदा विगत केहि दिनदेखि उपचारमा कठिनाइ भएको हुदा कतारमा कार्यरत मजदुरहरुको सहयोगमा सदालाइ थप उपचारका लागि सहयाेग गरेका छन् ।

सल्हेश एकता मञ्च नेपालमा आबद्ध रही कतारको क्यु वि सी कम्पनीमा कार्यरत युवाहरुले सदाको उपचार खर्चका लागी हातेमैलो गरि ५४ हजार ९ सय   सहयोग बापत सल्हेश एकता मञ्चको सहकार्यमा उक्त्  श्यामसुन्दर सदालाई हस्तान्तर गरेका छन् ।