जनकपुरधाम। धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा  नेकपा एमालेका मेयरमा शुखदेव यादव उम्मेदवार निर्वाचित भएका छन् ।

आइतवार आएको अन्तिम मतपरिणाम अनुसार एमालेका सुख देव यादव ७ हजार ९ सय १३ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम्  प्रतिद्वन्दी कांग्रेसका जिल्ला सभापति एवं निवर्तमा मेयर योगेन्द्र पजियारले ७ हजार ३ सय मत ल्याए ।

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी रचना श्रेष्ठ निर्वाचित भएकी छ्न्। उनले ७ हजार ५ सय ५० मत ल्याएकी छन्  भने उनका  निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी सालिनी चौधरीले ७ हजार ५ सय ११ मत प्राप्त गरिन्  ।