काठमाडौँ :  राजनितीक दललाई नै चुनौती बनेर उदाएका बालेन शाह करिब जितको नजिक पुगे पछि नेताहरु थाती राखिएका काममा सक्रिय हुन थालेका छन् ।

हप्ता दिन देखी काठमाण्डौँमा नउठेको फोहोर गृह मन्त्रालय, सबै सुरक्षा निकायका प्रतिनिधि, काठमाडौँ महानगरका प्रतिनिधिहरूको संयुक्त बैठक बसि रातारात उठाउने सहमती बनेको छ ।

यसैक्रममा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको सक्रियतामा सोमबार साँझबाट काठमाडौँ उपत्यकाको फोहोर उठाउन सुरु गरिएको छ । यतिका दिन सम्म फोहोर थुप्रिदा चुपचाप बसेकी मन्त्री आफै काठमाडौँका विभिन्न क्षेत्रमा पुगेर फोहोर उठाउन आवश्यक निर्देशन दिएकी छन् ।

उनले राती नै काठमाडौँको बालाजु, बानेश्वर, रातो पुललगायतका क्षेत्रमा पुगेर फोहोर उठाउन निर्देशन दिएकी छिन् । त्यहाँका स्थानीयसँग पनि उनले कुराकानी गरेकी छिन् ।

उनले स्थानीय संग फोहोर व्यवस्थित स्थानमा राख्न आग्रह गरेकी छिन् । काठमण्डौको फोहोर रातीनै बन्चरेडाँडा लगेर व्यवस्थापन गर्न सुरु गरिएको हो ।