जनकपुरधाम, जेठ १२ । जनता समाजवादी पार्टी नेपाल धनुषाका जिल्ला सदस्य अरुण कुमार झाको घरमा गए राति चोरी भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ मौनीवावा रोड स्थित झाको घरमा पसेर चोरहरुले २ लाख भन्दा बढीको माल समान चोरेर लगेको पीडित परिवारले जनाएको छ ।

पीडितका अनुसार चोरहरुले ल्यापटप एक थान, नोकियाको एन्ड्रोइड मोबाइल एक थान , हाते घडी एक थानका साथै नगद दुई हजार लगेका छन ।

जनकपुरधाममा पछिल्लो केही दिन यता चोरीको घटनामा तीब्र वृद्धि भएपनि स्थानीय प्रशासनले त्यस्ता घटनाहरुलाई नियन्त्रणमा लिन सकि रहेको छैन ।

पछिल्लो एक साता भित्रै जनकपुरधाममा दर्जन भन्दा बढी घरमा चोरी भएको छ ।