जनकपुरधाम : मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले कारागारमा रहेका कैदीबन्दीहरुका लागि पुस्तक तथा फर्निचर वितरण गरेका छन ।

शुक्रबार मधेश भवनस्थित गृह तथा सञ्चार मन्त्रालयको सभाहलमा एक कार्यक्रमका बिच साहले प्रदेशका पाँच जिल्लामा अवस्थित पाँच वटा कारागारलाई उक्त सामाग्री हस्तान्तरण गर्नु भएको छन् ।

उनले सम्बन्धित कारागारका कर्मचारीलाई फर्निचर तथा पुस्तक हस्तान्तरण गरेका हुन् । सप्तरी कारागार, महोत्तरी कारागार, सिरहा कारागार रौतहट कारागार र पर्सा कारागारमा रहेका कैदी बन्दिहरुका लागि पुस्तक तथा फर्निचर हस्तान्तरण गरिएको छ । प्रत्येक कारागारका लागि दुई सय ५२ प्रकारका पुस्तक, पाँच थान पुस्तक राख्ने दराज, २० थान कुर्सी, एक थान टेबुल र तीन थान रिभोल्भिङ कुर्सी प्रदान गरेका हुन ।

सामाग्री वितरण गर्दै मन्त्रि साहले भने, उपलब्ध गराईएको मोटिभेस्नल पुस्तक पढेर जेल जिवन बिताईरहेका कैदी बन्दिलाई जेलबाट निस्केपछि असल मान्छे बन्न र सही बाटो तर्फ अगाडि बढ्न सहयोग मिल्ने छ ।

मन्त्री साहले स्वयम दुई पटक जेलमा बसेको स्मरण गर्दै भित्रको माहोल आफूले राम्रमरी बुझेको बताउनुभयो । उपलब्ध गराईएको पुस्तकले कैदी बन्दीको जिवन सार्थक बनाउनमा सहयोग गर्ने आशा समेत व्यक्त गर्नुभयो ।