जनकपुरधाम ।  सरकारले बन्द अवस्थामा रहेका जनकपुर चुरोट कारखाना, ,बिराटनगर जुटमिल, वीरगञ्जको चिनी मिल लगायतको कारखाना संचालनमा ल्याउने भएको छ ।

शुक्रबार बजेट भाषणमा अर्थ मन्त्री जनार्दन शर्माले सो कारखानाहरु संचालनमा ल्याउने बताएका हुन् ।

उपयुक्त ढाँचामा सो उद्योगहरु संचालन हुने उनले बताएका हुन् ।

जनकपुर चुरोट कारखाना परिसर अहिले मधेश सरकारको मन्त्रालय र आवास मधेश भवनमा परिणत भइसकेको छ ।