जनकपुरधाम ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) पार्टीका भातृ संगठन अनेरास्ववियूका केन्द्रिय कमिटी सदस्य तथा कानुन अध्ध्यनरत धनुषा जिल्लाका बिद्यार्थी नेता आदर्श मंडल भन्छन् ।

जनकपुर अञ्चल अस्पतालको ईमर्जेन्सी वडामा एउटा बेड खोज्नु र डाक्टर खोज्नुको अर्थ भागवन खोज्नु भन्दा बदी नै हो ।

यदि तपाई डाक्टर लाई केहि भन्नु हुन्छ भने डाक्टर साहेबहरु तपाईंले भन्छन् उहाँ लाई भन्नुहोस् एकले अर्को माथी भार थप्दै जान्छन् भन्दा डाक्टर साहेबहरु म अर्को काम गर्दै छु ।

बिरामी छटफटाइ रहेका छन तब पनि डाक्टर साहेबहरु लाई कुनै मतलब नै हुदैन । सरकारी अस्पतालमा डाक्टर भागवन रूपमा भेट्न सक्दैन तर त्यहीँ डाक्टरको निजि अस्पतालमा पुग्नुहोस डाक्टर साहेबहरुले एकदमै न्रम र सभ्य भाषा प्रयोग गरेर बोल्छ र तपाईं लाग्छ ओहो सरकारी अस्पतालमा नभेटेको देवता निजि अस्पतालमा भेट्दो रहेछ ।

यदि सरकारी अस्पतालमा राम्रोसँग जनताले उपचार गराउन सक्दैन डाक्टर साहेबहरु राम्रोसँग बोल्न नै सक्दैन भने सरकारी अस्पतालको के काम ? म नेपाल सरकार संग माग गर्दै छु जनताले सुविधा नै पाउदैन त्यो अस्पताल नि शुल्कमा सुबिधा लिइ रहेको कार्मचारीहरुको के काम ? त्यसैले त्यसतो अस्पताल बन्द गरिदिनुहोस र त्यसतो कर्मचारीहरुमा रुपैयाँ खर्च गर्ने काम बन्द गरिदिनुहोस सरकार ।

मधेस प्रदेशको राजधानी भनेर चिनिने जनकपुरधामको जनकपुर धाम प्रादेशिक अस्पतालको हालत बेहाल छ न कसैलाई चासो छ न फिकिर छ । सबै मस्त निद्रामा निदाएका छन । न प्रादेशिक अस्पताल अवस्था बारेमा केन्द्र सरकार लाई ध्यान छ , न त प्रदेश सरकार , न त स्थानीय सरकारको ध्यान छ ।

यदि यहीँ प्रदेशमा मन्त्रालय टुक्राएर भागबन्डा बनाएर थुप्रै मन्त्रालय बनाउनु पार्‍यो भने यहाँ सम्भव छ तर त्यहीँ प्रदेशको प्रादेशिक अस्पतालमा ईमर्जेन्सी वडामा बेड भेट्दैन डाक्टर प्रयाप्त मात्रैमा भेट्दै त्यो कुरा असम्भव छ ।

जुन जनताको भोटले चुनाव जित्छ त्यसको फिकिर नेताहरू लाई छैन तर मन्त्रालय टुक्राएर भागबन्डा मिलाउदा कर्मचारी खोज्नु खुब सजिलो छ ।

तर हरेक पार्टीले आफ्नो पार्टीको घोषणापत्रमा स्वास्थ लाई आग्डिमा बोल्ड अक्षरमा छापिएको हुन्छ त्यसतो नाटक बन्द गरिदिनुहोस सरकार काम नलाग्ने अस्पताल बन्द गरिदिनुहोस सरकार भन्दै आफ्नो कुरा ब्यक्त गरेका छ्न्।