जनकपुरधाम । धनुषामा ज्यान मार्ने उद्योगमा पक्राउ परेका वडासदस्य धरौटीमा रिहा भएका छन् ।

जिल्लाको सहिदनगर नगर पालिका–८ का वडा सदस्य राकेश विराजीलाई मंगलबार जिल्ला अदालत धनुषाले धरौटीमा रिहा गरेको हो ।

उनलाई प्रहरीले ज्यान मार्ने उद्योग र डाँका मुद्दामा सोमबार पक्राउ गरेको थियो । मंगलबार उनको पेसी तोकिएको थियो । न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले उनलाई २५ हजार धरौटी रकम लिएर थुनामुक्त गरेका हुन् ।

गएको कात्तिकमा उनीसहित ९ जनाको समूहले धमेन्द्रप्रसाद छिटान यादवलाई मार्ने प्रयास गरेको आरोप लागेको थियो ।