जनकपुरधाम । पर्सामा महिलाहरुलाई नेतृत्व तथा क्षमता विकासको तालिम दिइएको छ । बुधबार सखुवा प्रसौनी गाउँपालिकाको सहयोगमा परिवर्तन अभियान नेपाल नामको गैर सरकारी संस्थाले महिलाहरुको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिम दिएका छन् ।

मनोज कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष शर्मिला विष्टको प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै उपाध्यक्ष विष्टले महिलाहरुको सहभागिता लैंगिक समानताको लागि अपरिहार्य रहेको बताइन् । दिगो तथा न्यायिक विकासको सुचकमा यसले टेवा पुग्ने उनको विश्वास छ । महिलाहरुको सक्षम, सवल र सकृय बनाउन सबैको दायित्व रहेको भन्दै जिम्मेवारी पूरा गर्न उनले सुझाइन् ।

तालिममा मनोज वणर्वाल, माधुरी गुप्ता, दिनेश्वर साह र मनोज यादवले प्रशिक्षण तथा सहजिकरण गरेका थिए । तालिममा पिछडा वर्गका महिलाहरुको प्रभावकारी नेतृत्व विकास, राज्यले प्रदान गरेको हक अधिकार, निति निर्माण र निणर्य गर्ने तहमा महिलाहरुको संख्यात्मक उपस्थिति बारे प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षकले वर्तमान अवस्थामा देशमा गुणात्मक सहभागिता, महिलाहरुको विकासमा भुमिका, महिला विभेद तथा हिंसाका बारेमा पनि केलाएका थिए । यस्तै, महिला प्रतिको रुढिवादी सोचमा परिवर्तन, महिलाहरुको विकास कार्यमा सकृय सहभागिता, महिला बाधा अचडनका अयाम बारे पनि चर्चा गरिएको थियो ।