Unicode English
MadheshTop
Search
MadheshTop
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति
  • Search

जलवायु परिवर्तनका असरलाई न्यूनिकरण गर्न वातावरणको संरक्षण आवश्यक : मेयर साह
Author Avatar मधेशटप २०७९ जेष्ठ २२, आईतवार १५:०६
जनकपुरधाम ।  विश्व वातावरण दिवस, जनकपुरसहित देशभर विभिन्न कार्यक्रम गरी आईतवार मनाईएको छ ।
दिवसको अवसरमा एनएमबी बैंक जनकपुर शाखाले वृक्षारोपण कार्यक्रम गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहको प्रमुख आतिथ्यमा भएको सो वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका बोटहरु जनकपुरधाम उपमहानगरपालिकाको मावि कुवारामपुरमा लगाईएको छ ।
कार्यक्रममा नगर प्रमुख साहले जलवायु परिवर्तनका असरहरूलाई न्यूनिकरण गर्न वातावरणको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिएका छन । उनले वातावरणीय प्रदूषण, फोहोरमैलाको उचित व्यवस्थापन, जैविक विविधताको संरक्षणका लागि जनकपुरधाम उपमहानगरपालिका लागि परेको उल्लेख गरेका छन ।
समग्र विश्व नै ठूलो वातावरणीय सङ्कटबाट गुज्रिरहेको बताउँदै उनले वातावरणको संरक्षणमा जोड दिनुपर्ने बताए । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाइने गरिन्छ ।
‘केवल एक पृथ्वी’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘प्रकृतिसँग मेलमिलापमा दिगोरूपमा बाँच्ने’ भन्ने मूल विषयका साथ यो वर्ष विश्व वातावरण दिवस मनाईएको हो ।
नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन ः पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी विश्व वातावरण दिवस मनाईएको हो ।

टिप्पणी दिनुहोस्
ADVERTISEMENT
धेरै पढिएको
  • १

    बाराको कलैया हत्या प्रकरणमा एक जना पक्राउ

  • २

    अस्पतालमा शय्या र अक्सिजनको अभाव

    अस्पतालमा शय्या र अक्सिजनको अभाव
  • ३

    सामाजिक कुरीति हटाउँदै डा. यादबले गरे आदर्श विवाह

  • ४

    सिके राउतका कार्यकर्ताले धनुषामा प्रधानाध्यापकलाई चपलैचपलले पिटे

  • ५

    लक्ष्मीनियाँमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा चालकको मृत्यु

  • ६

    ६ वर्षसम्म सन्तान नभएपछि देवरसँग सुत्न दबाब दिन्थे श्रीमान्, एकदिन अचानक….

ADVERTISEMENT

सम्बन्धित समाचार

जनकपुरधाममा भारतीय इलेक्ट्रिक स्कुटर ब्रान्ड जेलियोको शोरुम सञ्चालनमा

पूर्वप्राथमिक शिक्षाको गुणस्तर सुधारका लागि APEN मधेश प्रदेशमा विस्तार

मध्यरातको ‘सुरक्षा’ अपरेसन :  १२ घण्टापछि चुपचाप छुटे चोलेन्द्र, प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न

पूर्व एसएसपी गोविन्द साहले पद र पहुँचको दुरुपयोग गरी निर्दोषलाई फसाउन खोजेको आरोप

अदालतको आदेश प्रभावित पार्न आ´त्मदाहको प्रयास,कानुन व्यवसायीहरूको आपत्ती !

स्वर्गीय सुनिल थापाको अन्तिम चलचित्र कुम्भ

युवा नेता साह रास्वपामा प्रवेश

कांग्रेस: मधेशको चुनावी कमाण्डर सहमहामन्त्री मुक्ता यादव

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • देश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विचार
  • अर्थ
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • शिक्षा
    • स्वास्थ्य
    • अपराध
    • दुर्घटना
    • राशिफल
    • गजल कविता
    • धर्म- सांस्कृति

खोज्नुहोस् गर्नुहोस्

जानकी न्यूज नेटवर्क
ठेगाना: लक्ष्मीनियाँ -७, मधेश प्रदेश
सम्पर्क नं. : +977-9844100829
ईमेल: [email protected]
सुचना विभाग दर्ता नं. २५४०/२०७७/७८

हाम्रो टीम

सम्पादक : राजेश कुमार झा
समाचार संयोजक : राजन झा
न्यूज डेस्क : अर्थ राज

जिल्ला समाचारदाता

सिरहा : नरेशचन्द्र बरबरिया
सप्तरी : उमेश कुमार  साह
महोत्तरी : रञ्जन भण्डारी
बारा/पर्सा : पवन प्रसाद साह

© 2020-2026 MadheshTop | All Rights Reserved | Privacy Policy

Developed by: PROTECH NEPAL