काठमाडौं । पछिल्लो समय विवादमा तानिएको एक जोडी डान्सिङ रियालिटी शोबाट निस्केको छ ।

‘डान्सिङ स्टार्स नेपाल’ बाट सोनिका रोकाया र दिलीप ओखेडाको जोडी निक्लेको हो । हालैको एक डान्सका कारण उनीहरु विवादमा तानिएका थिए । उनीहरु दर्शकको मत र जुरीको निर्णयपछि बाहिरिएका हुन् ।

सेमिफाइनल आगामी सातादेखि सुरु हुने भएको छ । अब सेमिफाइनलमा पाँच जोडी मात्रै प्रवेश गरेको हो ।

परमिता राणा, धीरज राई, प्रीति आले, अमर–अमृत र छिरिङको जोडी सेमिफाइनलमा प्रवेश गरेको छ ।

आगामी शुक्रबारदेखि सेमिफाइनल सुरु हुने र शनिबार थप एक जोडी बाहिरिने निर्देशक लक्ष्मण पौडेलले जानकारी गराउनुभयो । आयोजकका अनुसार असार ११ गते शोको फिनाले हुँदैछ ।

फिनालेमा दर्शकको मतको आधारमा विजेता चुनिने जनाइएको छ । डान्सिङ स्टार्स नेपाल हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।