उमेश कुमार साह

बोदे बर्साईन । सप्तरीको बोदे बर्साईन नगरपालिकाले नगरकार्यपालिकाका नव निर्वाचित कार्यपालिका सदस्यहरुले आज (बुधबार)निर्वाचितलाई गोपनियतताको शपथ ग्रहण गराईएको छ ।

नेपालको संविधानको धारा २१६ को उपधारा ४ बमोजिम बोदे बर्साईन नगरपालिकामा निर्वाचित महिला सदस्यहरूमध्येबाट पाँच जना कार्यपालिका सदस्य निर्वाचित गर्ने व्यवस्था छ ।

गत जेष्ठ २२ गते बोदे बर्साईन नगर कार्यपालिकाको कार्यपालिका सदस्यका लागि भएको चुनावबाट गठबंधन दलका सदस्यहरु प्यानल निर्वाचित भएकोे थियो ।

हिजो मंगलवार २४ गतेका दिन एक कार्यक्रमको बीच निर्वाचन अधिकृतको कार्यालय बोदे बर्साईनका प्रमुख अधिकृत तोमनाथ उप्रेतीको आयोजनामा, जेष्ठ २२ गते कार्यपालिका सदस्यहरुको चुनाव गराएका थियो र गठबंधन दलका ८ जना निर्वाचित सदस्यलाई सो कार्यक्रमबाट बधाई तथा प्रमाण पत्र प्रदान गरेको होे ।

नगरकार्यपालिका निर्वाचनमा ८ वटै पदमा नेकपा एमाले, नेपाली काँग्रेस, लोसपा र नेकपा माओवादी केन्द्रबीचको गठबन्धनका उम्मेदवार निर्वाचित भएको थियो।

गठबन्धनको तर्फबाट काँग्रेसबाट महिला सदस्यमा पुनिता देवी यादव, रेखा कुमारी सदा, आरती कुमारी दास, लोसपाबाट लक्ष्मी देवी सदा, रिता कुमारी चौधरी विजयी भएकी छन् ।
यस्तै दलित वा अल्पसंख्यक सदस्यमा एमालेबाट लटु दास, काँग्रेसका राजेन्द्र साफी र माओवादी केन्द्रबाट उतिम लाल मण्डल विजयी भएका छन् ।

बोदे बर्साईन नगरकार्यपालिकाको निर्वाचनबाट ३ जना दलित वा अल्पसंख्यक सदस्य र ५ जना महिला सदस्यहरू गरी ८ पदका लागि भएको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका थियो ।

नव निर्वाचित कार्यपालिका सदस्यहरुलाई बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंहले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

शपथ ग्रहण कार्यक्रममा बोदे बर्साईन नगरपालिकाका प्रमुख आतेश कुमार सिंहले नवनिर्वाचित कार्यपालिका सदस्यहरूलाई बधाई तथा शुभकामना दिनु हुँदै कार्यपालिकाले पूर्णता पाएसँगै छिटै कार्यविभाजन गरी हरेक क्षेत्रमा विशेष ढंगले काम गर्ने बताए ।
बोदे बर्साईन नपाले सस्तो लोकप्रियताको लागि नभई बोदे बर्साईन नगर र नगरबासीहरूको सन्तुलित विकास र आर्थिक जीवनस्तर उकास्ने ढंगले काम गर्दै आइरहेको बताउनुहुँदै उहााले जनतासँग एकाकार भई काम गर्न सकेत जनतामाझ गरेका प्रतिबद्धता पूरा गर्न सफल हुनेमा विश्वास व्यक्त गरे ।
बोदे बर्साईन नपाका उपप्रमुख रेणु कुमारी साहले निर्वाचनको समयमा जनतामाझ गरेको प्रतिबद्धता एक एक गरी पूरा गर्दै जाने बताउँदै आगामी कार्यकाल अझ सफल र उपलब्धिमूलक हुने ढंगले काम अगाडि बढाउने बताए ।

सो कार्यक्रममा बोदे बर्साईन नगरपालिकाका कर्मचारीहरु ,इन्जिनियर बिनोद साह , पत्रकार उमेश कुमार साह लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमको उध्घोसक नगरपालिकाका नि. प्रशासकिय प्रमुख घनश्याम यादव रहेको थियो।