जनकपुरधाम । जेठ ३० र ३१ गतेदेखि  जनकपुरधाममा उच्च शिक्षाका लागि दुई दिने बृहत् भारतीय शैक्षिक मेला आयाेजना हुन भएकाे छ ।

जनकपुरधामस्थित उद्याेग वाणिज्य संघकाे सभाहलमा बिहान १० बजेदेखि एसके इभेन्ट म्यानेजमेन्ट प्रा.लि. काे आयाेजना र वाइडरेन्ज कन्सलटेन्सी नेपाल तथा द नालेज नेटवर्ककाे सहयाेगमा साे शैक्षिक मेला आयाेजना हुन लागेकाे जनाइएकाे छ ।

साे बृहत् भारतीय शैक्षिक मेलामा भारतका प्रख्यात विभिन्न १६ वटा विश्वविद्यालय र कलेजमा पढाइ हुने इन्जिनीयरिङ्ग, नर्सिङ्ग, म्यानेजमेन्ट र मेडिकल लगायतका विषयमा नेपाली विद्यार्थीलाई दिइने जानकारी दिए ।