जनकपुरधाम, जेठ २९ गते । धनुषामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।

धनुषाको कमला नगरपालिका वडा नम्बर-३ लगमा बस्ने भोगिन्दर दास तत्माका १३ वर्षीया छोरी रंजना कुमारी दास रहेकी छन् ।

आइतबार बिहान हावाहुरी र बर्षासंगै खसेको चट्याँग लागेर रंजनाको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।

रंजना हावाहुरी आएपछि आँप ल्याउन खेततर्फ साथीहरुसंगै गएकी थिइन् । घरदेखि मात्र १ सय ५० मिटरको उत्तर तर्फ रहेकाे मृत्यू भएको जनाइएको स्थानीयले बताएका छन् ।