काठमाडौँ । काठमाडौँको बौद्धमा शौचालयमा लडेर एक महिलाको ज्यान गएको छ ।

गोकर्णेश्वर नगरपालिका–४ उत्तरबाहिनीस्थित राजेन्द्र श्रेष्ठको जग्गा भाडामा लिएर टहरा बनाइ बसेका रामेछाप उमाकुण्ड गाउँपालिका–५ घर भएकी ४९ वर्षीय सुशीला खड्काको शौचालयमा लडेर गएराति ज्यान गएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले शौचालय जाने क्रममा बेहोस अवस्थामा रहेकी खड्कालाई उनकी बहिनी वर्षा सुनुवारले फेला पारेर अस्पताल ल्याउँदै गरेको अवस्थामा मृत्यु भएको हो ।

शौचालयमा लडेर गम्भीर घाइते खड्कालाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका लागि लैजाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।