जनकपुरधाम । दक्ष शैक्षिक जनशक्ति मधेश प्रदेश विकासको मुख्य अधार स्तम्भ रहेको मुल मन्त्रलाई आत्मसाथ गर्दै सामुदायिक विद्यालयहरुमा शिक्षा सुधार अभियान सुरु गरिएको छ।

शिक्षा सुधार अभियान अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका -१७ स्थित श्री निम्न माध्यमिक विद्यालय तेतरियामा विधार्थीहरुलाई प्रविधिको प्रयोग गरी पढाउने कार्य थालिएको छ।

प्रदेश सांसद रामअशिष यादवको परिकल्पना र अाफन्त नेपालको सहकार्य र सहयोगबाट सो विद्यालयमा कम्प्युटर प्रविधिको माध्यमबाट सिकाई शुरु भएपछि बिधार्थी हर्षित भएका कुरा प्राधानाध्यापक राम सुन्दर कामती ले जानकारी दिए का छन्।

रामआशिष  यादवको सहयोगबाट बिधालयको भौतिक पूर्वाधार विकास, खेलकुद सामाग्री व्यवस्थापन, डिजिटल लाइब्रेरि, शैक्षिक सामग्री,वातावरण मन्त्री विधालय अभियान जस्ता कार्य सम्पन्न भएपछि विधालयमा बिधार्थीहरुको संख्यामा वृद्धि पनि भएको छ।