जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा आसन्न स्थानीय तहको चुनावमा कांग्रेसका एक नेताले पार्टीसँग अन्तरघात गरेको आरोप लगाएका छन् ।

शहिदनगर नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा उम्मेदवारी दिई पराजित भएका सुधिर कुमार गोईतले कांग्रेसकै एक महाधिवेशन प्रतिनीधिको फोटो साझा गर्दै व्यांगात्मक अन्तरघातको संज्ञा दिएका छन् ।

शहिदनगर नगरपालिका-१ कुम्भकरण वस्ने एवम् नेपाली कांग्रेसका महाधिवेशन प्रतिनीधि सत्रुधन यादवले पार्टीसंग अन्तरघात गरी अन्य पार्टीलाई भोट फ्लो गरेको आरोप व्यांगात्मक तवरले साझा गरेका छन् ।

मेयरका प्रत्यासी सुधीर कुमार गोईतले आफ्नो फेसबुक पेजमा लेखेका छन्ः–“धनुषाको सहिदनगर नगरपालिकामा छ्ता छाप जितेको र जिताउन सफल भएको नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि शत्रुधन यादव खशीमा रमाउनु भएको झलक” तल उनले महाधिवेशन प्रतिनीधि यादवको तस्विर जसपाका एक नेतासंग राखेका छन् ।

शहिदनगरमा महाधिवेशन प्रतिनीधि रहेका शत्रुधन यादवले कांग्रेसभित्र अन्तरघात गरी जनता समाजवादी पार्टीलाई भोट दिएको आरोप लगाएका छन् ।

जनता समाजवादी पार्टीबाट दिनेश प्रसाद यादवले कांग्रेसलाई १ हजार ६ सय ३८ भोँटले पछाडी धकेल्दै निर्वाचित भएका छन् । शहिदनगरमा माओवादीसंग टक्करमा रहँदै आएको तथा शहिदनगरमा बलियो संगठन मानिएको कांग्रेसलाई भारी मतान्तरले पराजीत हुनु अन्तरघात भएको ठहर गरिएको छ ।

तस्विरमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनीधि शत्रुधन यादव जनता समाजवादी पार्टीबाट वडा नम्बर ६ का वडा अध्यक्षमा विजयी भएका उमेश निरालासंगको तस्विरलाई शेयर गरेका छन् ।