जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका-३ स्थित मन्दिर निर्माणका शिलान्यास गरिएको छ ।

शनिबार गाउँपालिका अध्यक्ष राम जानकी यादव र उपाध्यक्ष वन्दना पाण्डेले संयुक्त रुपमा भूइया बाबाको मन्दिर निर्माणको शिलान्यस गरेका हुन् ।

चालु आर्थिक वर्षको बजेटबाट भ्याटसहित दश लाखको लागतमा मन्दिर निर्माण हुन लागेका छ । निर्माण काम एक वर्षमा सक्नु पर्ने सम्झौतामा उल्लेख छ ।

स्थानीय उपभोक्ता समितिमार्फत मन्दिर निर्माणको काम हुने बताइएको छ । मन्दिर निर्माणको काम अगाडि बढेपछि भूइया बाबालाई कुल देवता मानेका मुसहर समुदाय खुशी भएका छन् ।