काठमाडौँ : नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगम सञ्चालक समितिको शनिबार  बसेको बैठकले मध्यरातिदेखि लागु हुने गरी डिजेल मट्टीतेल र पेट्रोलको मूल्य प्रतिलिटर १९ रुपैयाँ  बढाएको छ ।

नयाँ मूल्य सूचीअनुसार अब पेट्रोल लिटरको १९९ रुपैयाँ पर्छ भने मट्टितेल र डिजेलको १९२ रुपैयाँ पर्छ ।
हवाई इन्धनतर्फ आन्तरिकतर्फ १९/९१ रुपैयाँ बढेको छ र प्रतिलिटर १८५ रुपैयाँ पुगेको छ भने अन्तराष्ट्रियतर्फ प्रति किलोलिटर १.६४५ डलर बढेको छ ।

खाना पकाउने ग्लपी ग्यासको मूख्य भने बढेको छैन ।