जनकपुरधाम । जनकपुरधाम उपमहानगरमा मेयरमा स्वतन्त्रबाट चुनाव लडेर पराजित भएका बलराम महतो जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गर्ने भएका छन् ।

जसपाले महतोलाई पार्टीमा भित्र्याउन आज बेलुका जनकपुरको बेलकम होटलमा पार्टी प्रवेश कार्यक्रम राखेको हो । जसपा अध्यक्ष उपेन्द्र यादव महतोलाई पार्टीमा प्रवेश गराउन जनकपुरधाम आउन लागेका छन्।

अध्यक्ष यादव दिउँसो साढे ४ बजेको फ्लाइटमा काठमाडौंबाट जनकपुरधाम आउने बुझिएको छ ।

जसपाले महतोलाई आसन्न प्रतिनिधिसभा चुनावमा उम्मेदवार बनाउने सहमती बनेको स्रोतले जनाएको छ । सबैला नगरपालिका घर भएका महतो धनुषा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरेका छन् ।

महतो रमण कन्सट्रक्सनका पूर्व मालिक हुन् । उनी मेयरमा चुनाव लड्नुअघि कन्सट्रक्सन छोराको नाममा सारेका थिए ।