जनकपुरधाम, अषाढ ७ । मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशका आठ वटै जिल्लामा संचालन हुने गरि घुम्ती कोभिड- १९ खोप सेवाको शुभारम्भ गरेका छन्।

मधेश प्रदेश सरकार, अस्ट्रेलियन एड तथा आड्राको संयुक्त सहयोगमा वागमती सेवा समाज सर्लाहीले संचालन गर्न लागेको घुम्ती कोभिड १९ खोप सेवाको मुख्यमन्त्री राउतले एक कार्यक्रमबीच शुभारम्भ भएको हो  ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आयोजित शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री राउतले घुम्ती सेवामा परिचालित हुने स्वास्थ्यकर्मीहरुलाई गम्छा ओढाई लक्षित वर्गलाई यस सेवाले फाइदा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

कोभिड १९को भ्याक्सीनले जनजिवनलाई सहज बनाएको स्मरण गर्दै मुख्यमन्त्री राउतले वृद्ध, अशक्त, अपांग तथा दीर्घ रोगीहरुका साथै वच्चाहरुको लागी समेत घुम्ती सेवा संचालन गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

घुम्ती सेवा बाट एक लाख व्यक्ती लाभान्वीत हुने लक्ष्य लिइएको छ ।
कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साह, महिला , वालवालिका तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंह सहित समाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखाका विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो ।