जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले भारतीय पर्यटकलाई जनकपुरस्थित रेल्वे स्टेशनमा स्वागत गरेका छन् ।

रामायण सर्किट रेल चढेर आउनु भएका भारतीय पर्यटकलाई उहाँले गमछा र पुष्पगुच्छाले स्वागत गरेका  हुन ।

करिब पाँच सय भारतीय पर्यटक लिएर भारत गौरब पर्यटक रेल आज दिउँसो जनकपुर आइपुगेको हो । पर्यटकहरुलाई मुख्यमन्त्री राउतले स्वागत गर्दै यसले नेपाल–भारत बीच सम्बन्धमा नयाँ आयाम थपेको बताए ।

रामायण सर्किटले जनकपुरधामको पर्यटकीय विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गरे ।

मुख्यमन्त्री राउतले जनकपुरको प्रचार प्रसार धार्मिक पर्यटकीय स्थलको रुपमा देश विदेशमा गर्नुपर्नेमा जोड दिए ।

भारत गौरब पर्यटक रेलमा सवार पर्यटकलाई मुख्मयन्त्री राउतसहित उद्योग, पर्यटन तथा वन मन्त्री सत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह लगायत जनकपुरका होटेल व्यवसायीहरुले गमछा, पुष्प गुच्छाले स्वागत गरको  थियो ।

धार्मिक पर्यटक बोकेर भारतबाट सिधै जनकपुर आइपुगेको यो पहिलो रेल हो । रेल जनकपुरबाट भारत फर्के पनि पर्यटक भने रात्री विश्राम गरेर भोली फर्किने छन् ।