जनकपुरधाम । जनतान्त्रिक तराई मुक्ति मोर्चाले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर ८ बुँदे माग सहित ध्यानाकर्षण गराएको छ ।
बुधबार मोर्चाका राष्ट्रिय अध्यक्ष डा. मनोज मुक्ति बिबेकको नेतृत्वमा गृहमन्त्रालय गएको मोर्चाको टोलीले गृहमन्त्रीको ध्यानाकर्षण गराएको हो ।
यसअघि गत आइतबार मोर्चाका केन्द्रीय सदस्य बुलन यादव “जय मुक्ति“ नेतृत्वको टोलीले गृह सचिवलाई भेटी औपचारिक छलफल र ध्यानाकर्षण गराएको थियो । बुधबारको भेटघाटमा पनि यादव सहितका नेताहरु सहभागी थिए ।
भेटका क्रममा गृहमन्त्री खाँणले गृह सचिव टेकनारायण पाण्डे, सह–सचिव एवं गृह मन्त्रालयका प्रवक्ता फनिन्द्रमणी पोखरेललाई जिम्मेवार रुपमा मोर्चाका माग सम्बोधन गर्ने प्रकृया अघि बढाउन निर्देशन दिएका थिए ।
Discussion about this post