जनकपुरधाम । जनकपुरधामको प्रतिष्ठीत केरियर ड्रिम एजुकेशन कन्सल्टेन्सी शनिबारका दिन जनकपुरधाममा १० ऑ बृहत् भारतीय शैक्षिक मेलाको आयोजना हुन लागेको छ ।

कन्सल्टेन्सीका अध्यक्ष राकेश साह शुक्रबारका दिन आयोजना पत्रकार सम्मेलनबाट आफ्नो सँस्थाद्वारा आयोजन हुने भएको भारतिय शैक्षिक मेलाको सम्बन्धमा जानकारी दिएका छन् ।

स्तरीय शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरू सुविधाको लागि जनकपुरधामको मानकी होटलमा शनिबारको दिन विहान १० बजेदेखि आयोजना हुने छ । यही शैक्षिक मेलामा भारतका प्रतिष्ठीत् २५ वटा कौलेज तथा युनिभर्सिटीहरूको सहभागीता रहने भएको कन्सल्टेन्सीका अध्यक्ष साहले बताए ।

बिगतमा ९ चोटी सफलता पूर्वक शैक्षिक मेलाको आयोजन गर्दा यहाँका विद्यार्थीहरुको भारतका विभिन्न कलेज तथा युनिभर्सिटीहरू जस्तै पुरल युनिभर्सिटी,चित्कारा युनिभर्सिटी,क्वान्टम् युनिभर्सिटी लगायतक युनिभर्सटी तथा कौलेजहरूमा शिक्षा दिलाउनमा सफल केरियर ड्रिम एजुकेशन कन्सल्टेन्सी जनकपुरधामले याष वर्ष पनि विद्यार्थीहरू सुविधाको लागि १० ऑ शैक्षिक मेलाको आयोजना गर्ने भएको कारण ईच्छुक विद्यार्थी तथा अभिभावकको यही शैक्षिक मेलामा सहभागीता भएर मौकाको फाइदा लिन आग्रह गरेका छन् ।

साथै साहले यही शैक्षिक मेलाबाट विद्यार्थी र अभिभावकहरूले भारतका विभिन्न कलेज तथा युनिभर्सिटीहरुको बारेमा आफैले जानकारी लीनसकने भन्ने न ठगिनु समेत दाबी गरे ।