उमेश कुमार साह
जसपा,नेपालको केन्द्रिय कार्यकारिणी सदस्य तथा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह मन्त्री बनेपछि गृह जिल्लाकावासी उत्साहित बनेका छन् । यादव दोस्रो पटक कृषि तथा पशुपन्छी विकास मन्त्रीको सपथ लिए लगत्तै जिल्लावासी लगायत देशैभरिका नेता– कार्यकर्ताहरुले विभिन्न स्थानमा दिप–प्रजव्वल कार्यक्रम आयोजन गरी खुशियाली मनाइरहेका छन् ।
सोमबार स्थानीय युवाहरुले सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ५ को शत्रुध्न चौकमा मैनवति प्रज्वलन गरी खुशियाली मनाए ।जसपा,नेपालको बोदे बर्साईन नगर अध्यक्ष अरुण यादवको अध्यक्षतामा भएको कार्यक्रममा बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह , उपप्रमुख रेणु कुमारी साह , वडा अध्यक्ष मो. मोजिबुर रहमान , तपसी यादव , सुनित कुमार यादव लगायत दर्जनौं नेताकार्यकर्ताको उपस्थिति रहेको थियो । मन्त्री यादव युवा , किसान पुस्ताको हकहित र रुपान्तरणका लागि चिन्तित रहने व्यक्ति मध्येमा पर्ने भएकाले उनी मन्त्री बनेपछि खुशियाली मनाएको सहभागीहरुले बताए ।
यादव मन्त्री बनेपछि युवाहरुको विकास ,किसानहरुको समस्या र रुपान्तरणको आशा युवा पुस्तामा पलाएको नगर ब्यापार संघका सचिब अनिल प्रसाद सिंहको भनाइ छ । मन्त्री बनेपछि केही दिनमा गृहजिल्ला आउने तर्खरमा रहेका मन्त्री यादवलाई भव्य स्वागतको तयारी भइरहेको छ ।
Discussion about this post